कुचबिहारः दिनहाटाको गीतलदाहा अटियाबाडी गाउॅंमा एक तृणमूल कार्यकर्तामाथि कथित रूपमा धारिलो हतियारले हमला गरिएको आरोप भाजपा समर्थकहरूमाथि लागेको छ। घटनमा घाइते विनय बर्मन अहिले कुचबिहार एमजेएन मेडिकल कलेज एवं अस्पतालमा उपचाराधीन छन्।
सूत्रहरू अनुसार, सोमवार अबेर राति तृणमूल कांग्रेसकी उम्मेदवार शर्मिष्ठा बर्मन सरकार आफ्नो पति र ब्लक तृणमूल युवा कांग्रेसका उपाध्यक्ष देबाशीष बर्मन र केही अन्य समर्थकहरूसॅंग प्रचारपछि घर फर्किरहेका थिए। भाजपा समर्थकहरूले देबाशीष हो भनेर विनय बर्मनमाथि धारिलो हतियारले हमला गरे।
घटनापछि घाइते बर्मनलाई दिनहाटा महकुमा अस्पताल लगियो। पछि, त्यहॉंबाट उनलाई एमजेएन मेडिकल रेफर गरियो। भाजपा नेता अजय राईले यस घटनालाई तृणमूलको आपसी झगडाको परिणाम बताएका छन्। दिनहाटा थाना पुलिसले घटनाको छानबिन शुरू गरेको छ।
-हिस











