‘एक पेड़ मां के नाम’ अभियान अन्तर्गत वृक्षारोपण
सिलगढी: सिलगढी पुलिस कमिस्नरेट अन्तर्गत पर्ने भोरर आलो थाना परिसरमा पर्यावरण संरक्षण र हरित भविष्यको सङ्कल्पसहित ‘अरण्य सप्ताह’ भव्यताका साथ मनाइएको छ।
यस अवसरमा थाना परिसरभित्र बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरियो।
”एक बोट आमाको नाममा” (एक पेड़ मां के नाम) भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले पर्यावरण संरक्षणको महत्त्वलाई उजागर गर्दै आगामी पुस्ताका लागि स्वच्छ, स्वस्थ र दिगो भविष्य निर्माण गर्न सबैलाई प्रेरित गरेको छ।
पुलिस प्रशासनको यो पहलले स्थानीय स्तरमा पर्यावरण चेतना जगाउन सानो तर महत्त्वपूर्ण कदम चालेको स्थानीय बताउँछन्।











