नयाँ दिल्ली: चाड़पर्वमा लाग्ने डिस्काउण्ट र आकर्षक फाइनान्सिङ अफरहरू पछि पनि भारतको स्मार्टफोन बजार अहिले ग्राहकको प्रतीक्षामा छ।
गत ६ वर्षमा पहिलोपल्ट जून त्रैमासिक (क्यू२) मा स्मार्टफोन बिक्रीमा यति ठूलो ह्रास देखिएको हो।काउण्टरपोइण्ट रिसर्चको ताजा प्रतिवेदनअनुसार साल २०२६ को दोस्रो त्रैमासिकमा भारतमा स्मार्टफोन शिपमेण्ट वार्षिक आधारमा १० प्रतिशत घटेको छ। स्मार्टफोनको बजारमा आएको यस खड़ेरीको असली कारणहरूबारे यहाँ चर्चा गरिँदैछः
बजेट फोनको मूल्यमा १५ प्रतिशतसम्मको बढ़ोत्तरीः
-रिपोर्ट अनुसार यो गिरावटको मुख्य कारण स्मार्टफोनमा प्रयोग हुने पुर्जा, विशेषगरी मेमोरी चिप (डायनेमिक रैंडम एक्सेस मेमोरी र फ्लैश मेमोरी) को मूल्यमा भएको उल्लेखनीय वृद्धि हो। यसैकारण मोबाइल कम्पनीहरू फोनको मूल्य बढ़ाउन बाध्य भएको छ। काउण्टरपोइण्टको अनुमानअनुसार यस त्रैमासिकको अन्तसम्म स्मार्टफोनको औसत मूल्य लगभग १५ प्रतिशत बढ़िसकेको छ।
-बढ्दो महँगाई र उपभोक्ताको खर्च गर्ने क्षमता घट्दै जाँदा धेरै मानिसहरूले नयाँ स्मार्टफोन खरिद गर्न समय लगाइरहेका छन्। यसको सबैभन्दा ठूलो असर १५ हजार रुपियाँभन्दा कम्ती मूल्यका बजट स्मार्टफोनमा परेको छ, जहाँ बिक्रीमा ४५ प्रतिशतको ठूलो ह्रास आएको छ।
-एण्ट्री र मिड-रेञ्ज बजारमा राज गर्ने चीनका ब्राण्टहरूको संयुक्त बजार हिस्सा २०२०-देखि यताको न्यूनतम स्तरमा झरेको छ। उत्पादन लागत नियन्त्रण गर्न धेरै कम्पनीहरूले फेरि ४जी स्मार्टफोन बजारमा ल्याउने रणनीति अपनाउन थालेको छ।
प्रीमियम स्मार्टफोनको आकर्षण भने कायमः
सस्तो स्मार्टफोन खरीददारहरूका संख्या घटिरहेको समय ४५ हजार रुपियाँभन्दा माथिको ‘अल्ट्रा-प्रीमियम’ सेग्मेण्टमा भने महँगाईको खास प्रभाव देखिएको छैन। यसको प्रमुख कारण सहज ईएमआई तथा फाइनान्सिङ योजनाहरू हो, जसले महँगो स्मार्टफोन खरीद गर्न उपभोक्ताहरूका निम्ति सहज बनाएको छ।
ब्राण्डहरूको प्रदर्शनः को अघि अनि को पछि?
भिभो अझै शीर्ष स्थानमाः
बजट स्मार्टफोनको बिक्री घटे पनि आफ्नो वी७० सीरीज़को अत्याधिक मागले गर्दा भिभो, आईकूलाई छोड़ेर १८ प्रतिशत मार्केट शेयरको साथ भारतको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको छ।
सेमसंगले पनि हासिल गऱ्यो बढ़तः
शीर्ष पाँच ब्राण्ड मध्ये सेमसंग मात्रै यस्तो कम्पनी रह्यो, जसले बजारमा आएको मन्दी बीच पनि २ प्रतिशत वृद्धि हासिल गरेको छ।
गैलेक्सी ए सीरीज़ र फ्ल्यागशिप एस सीरीज़ सँगै आकर्षक प्रमोशनल अफरले गर्दा कम्पनी दोस्रो स्थानमा रहन सफल भएको छ।
ओप्पो, शाओमी र रियलमीको संघर्षः
ओप्पो १४ प्रतिशत मार्केट शेयरको साथ तेस्रो स्थानमा रहेको छ। शाओमी (पोको सहित) १३ प्रतिशत मार्केट शेयरको साथ चौथो र रियलमी (Realme) पाँचौँ स्थानमा रहेको छ। २० हजार रुपियाँभन्दा कम्ती मूल्यका स्मार्टफोनमा मूल्यमा बारम्बार वृद्धिले शाओमी र रियलमी दुवैको बिक्री घटेको छ।
एप्पलसँग सप्लाईको कमीः
आईफोन १७ सीरीज को माग बजारमा कायम रहे पनि आपूर्ति अभाव (सप्लाई कंस्ट्रेंट) तथा इनभेण्ट्री कमीले गर्दा एप्पलको शिपमेण्ट ३ प्रतिशत घटेको छ।
नथिंग र गूगलको चमत्कारी उत्थानः
शीर्ष पाँचबाट बाहिर रहने नथिंग भारतको सबैभन्दा तेज गतिमा अघि बढ़ने स्मार्टफोन ब्राण्ड बनेको छ। यसरी अल्ट्रा-प्रीमियम सेग्मेण्टमा गूगल पिक्सेल ले ६८ प्रतिशतको सबैभन्दा उच्च वृद्धि हासिल गरेको छ।
भविष्यको अनुमान कस्तो छ?
काउण्टरपोइण्ट रिसर्चको रिपोर्ट अनुसार निकट भविष्य पनि धेरै उत्साहजनक देखिएको छैन।
मेमोरी चिपको मूल्य अझै बड़िरहने सम्भावना भएको हुनाले २०२६ भरि भारतको स्मार्टफोन बजारमा जम्मा १३ प्रतिशतसम्म ह्रास आउन सक्ने अनुमान गरिएको छ।यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्नेछ, जसले गर्दा यस वर्ष नयाँ स्मार्टफोन खरीद गर्दा पहिला भन्दा अधिक खर्च गर्नु पर्ने तय लागिरहेको छ।











