महानदी बजार क्षेत्रमा बाँदरको आंतकले भयभीत स्थानीय मानिसहरुद्वारा सम्बन्धित विभागमा गुहार

IMG-20260718-WA0104(1)

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी बजार क्षेत्रमा बाँदरको उपद्रवले मानिसहरु हैरान बनेका छन्। महानदी बजारको हरेक घर र दोकानतिर आएर बाँदरले उपद्रो मजाईरहेको स्थानीयहरुले बताएका छन्। महानदी क्षेत्रको मूल रोडतिर मात्रै होइन तर घर घरमा पुगेर बाँदरले मानिसहरुलाई दु:ख दिईरहेको र मानिसहरु भयभीत बनेको बताइएको छ। घरतिर पुगेर सामानहरु लाने गरेको र दोकानतिर आएर दोकानको सामानहरु पनि चोरेर लाने गरेको साथै अन्य धेरै क्षति गरिरहेको जान्नमा आएको छ। विशेष गरेर घरको छानामा र खिड्कीतिर बाँदरहरु हुलका हिल आएर मानिसहरुलाई खतरा भईरहेको साथै घरमा साना नानीहरु मात्र छोड्नु पनि निक्कै डरसरि भईसकेको छ। बाँदरले घरमा ल्याएको पानीको पाइपहरु काटिदिएर साथै अन्य आवश्यक चीजबीजहरु पनि तोडफोड गरेर मानिसहरुलाई निक्कै डरसरि बनाएको छ। महानदी क्षेत्रमा बाँदरको उपद्रोले गर्दा मानिसहरु हैरान भएर सम्बन्धित विभागमा गुहार लगाउन बाध्य बनेका छन्।
बाँदरको उपद्रोलाई रोक्नलाई मानिसहरुले सम्बन्धित विभागमा अनुरोध पनि गरेका छन्। महानदी बजार क्षेत्रमा बाँदरको आंतक विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीय साङ्मु भोटिया र अशोक प्रधानले महानदी बजारमा बाँदरको आंतकले स्थानीय मानिसहरु भयभीत बनेको र बाँदरको आंतकलाई रोक्न सम्बन्धित विभागमा गुहार मागेका छन्।

About Author

Advertisement