सिक्किम विधानसभाका अध्यक्ष र उपाध्यक्षद्वारा राज्यपाल ओमप्रकाश माथुरसँग भेट, बजेट सत्रका लागि निमन्त्रणा

FB_IMG_1784393883327

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नोर्बु शेर्पा र उपाध्यक्ष राजकुमारी थापाले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेटघाट गरेका छन्।
​भेटघाटका क्रममा विधानसभाका अध्यक्ष र उपाध्यक्षले राज्यपाल माथुरलाई आगामी २० जुलाई २०२६ देखि आह्वान हुन गइरहेको विधानसभाको बजेट सत्रका लागि विधिवत् रूपमा निमन्त्रणा पत्र टक्राएका थिए। यसका साथै उनीहरूले आगामी सत्रमा हुने सदनको सम्भावित कार्यबाही र एजेन्डाहरूबारे पनि राज्यपाललाई विस्तृत जानकारी गराएका छन्।
​राज्यपाल ओमप्रकाश माथुरले सामाजिक सञ्जालमार्फत यस भेटघाटको जानकारी दिँदै विधानसभाको तर्फबाट बजेट सत्रको औपचारिक निमन्त्रणा प्राप्त भएको पुष्टि गरेका छन्।

About Author

Advertisement