खरसाङको टेकबीर बस्ती प्रगति संघद्वारा सम्बर्द्धना कार्यक्रम

IMG-20260718-WA0101

खरसाङ: खरसाङको टेकबीर बस्ती प्रगति संघद्वारा एक सम्बर्द्धना कार्यक्रम आफ्नो निजी समाज घरमा सम्पन्न गरियो।समाजको सभापति सुजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मूल सचिव बिरबल पाखरीनले सञ्चालन गरेका थिए। कार्यक्रममा विशेष रूपले उप सभापति जन बस्को राई,सह सचिव समिर गुरुङ, कोषाध्यक्ष रमोद गुरुङ,सह कोषाध्यक्ष निम लमु शेर्पा र भिमु तामाङ, सामान प्रभारी सन्जित गुरुङ, सल्लाहकारद्वय रामु राउत र पुष्प गुरुङ, कार्यकारिणी सदस्यहरू विशेष रूपले उपस्थित थिए। पूर्व सभापति भेलारियन लेप्चाको साढे सात वर्षको समाजप्रतिको योगदानलाई कदर गर्दै सम्बर्द्धना जनाईयो। उनले आफ्नो कार्यकाल नसकी राजीनामा दिएका थिए। यस सम्मान कार्यक्रम अन्तर्गत शुरूमा सभापति सचिव र उपस्थित सदस्यहरूले खदा अर्पण गरे। त्यस पश्चात नारी सदस्यहरूले टोपी लगाई दिए। पुरूष सदस्यहरूले अंग वस्त्र ओढाई दिए।
युवा सदस्यहरूले प्रेमको चिन्ह स्वरूप उपहार प्रदान गरे अनि अन्तमा मूल सचिवले सम्बर्द्धना पत्र पठन गरे पश्चात सभापति र मूल सचिवको करकमलबाट पूर्व सभापतिलाई सम्बर्द्धना पत्र भेट गरियो।

About Author

Advertisement