पीएफ नबुझाएको आरोपमा लङ्भ्यू चियाबारीको मालिक बिरुध्द एफआईआर

IMG-20260521-WA0100

बुधवार एएलसीमा हुने सभामा केवल मालिक र प्रबन्धकलाई मात्रै बोलाएको आरोप

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीका श्रमिकहरुलाई मालिकले अहिलेसम्म सात करोडभन्दा बढी पीएफ भुक्तान ‌नगरेकोमा मालिक बिरुध्दमा पुलिस एफआईआर गरेको जानकारी प्राप्त भएको छ।‌ प्राप्त जानकारी अनुसार लङ्भ्यू चियाबारीको मालिक बिरुध्दमा खरसाङ पुलिस थानामा एफआईआर गरिएको छ।‌ तर लङ्भ्यु चियाबारीको‌ मालिक‌ बिरुध्दमा यो पहिलो एफआईआर होइन।‌ किनभने योभन्दा पहिला पनि २०२१, २०२५ मा पनि एफआईआर गरिएको जानकारी प्राप्त भएको छ। झर्कोतिर लङ्भ्यू चियाबारीको श्रमिकहरुले गरिरहेको अनशनको मंगलवार ३२ दिन पुगिसकेको छ।
यस विषयमा एक प्रश्नको उत्तरमा हिल प्लान्टेशन इम्प्लोइज युनियनको केन्द्रीय महासचिव सुमेन्द्र तामाङले भने, यसपाली पनि लङ्भ्यू चियाबारीको मालिक सौरभ गर्ग बिरुध्दमा गत १९ मईमा नै एफआईआर गरेको र आज २६ मई सरेण्डर गर्ने अन्तिम दिन रहेको थियो। सौरभ गर्ग मालिक गोबिन गर्गको छोरा हुन्। दुवैको कम्पनी यहाँ छ।‌ गोबिन गर्गको कम्पनी सिरी लङ्भ्यु टि एण्ड एग्रो लिमिटेड हो जसको निर्देशक गोबिन गर्ग‌ हुन् र उनको छोरा सौरभ गर्ग लङ्भ्यू सो एण्ड एग्रो लिमिटेड हुन।
सुमेन्द्र तामाङले बताए अनुसार लङ्भ्यु चियाबारीको मालिकले चियाबारी श्रमिकहरुको पीएफ‌ भुक्तान नगरेर श्रमिकहरुको शोषण गरिरहेको आरोप लगाएका छन्। उनले भने, मालिकले चियाबारी श्रमिकहरुको पीएफ‌ भुक्तान नगरेर पीएफ ऐन १९५२ अनुसार ननबेलेबल वारेन्ट जारी गरिएको छ।‌ तर योभन्दा अघि पनि बेल पाई हालेको हो। तर यो कसरी भईरहेको छ प्रश्न गरेका छन्।‌ उनले लङ्भ्यू चियाबारीलाई लिएर बुधवार १२.३० बजे खरसाङको एएलसी कार्यालयमा सभा बोलाइएको तर सभामा केवल बगानको मालिक र प्रबन्धकलाई मात्रै बोलाएको तर कुनै युनियनलाई नबोलाएको बताए। उनले योभन्दा अघि बोलाइएको सभामा केबल हिल प्लान्टेशन इम्प्लोइज युनियन मात्रै उपस्थित रहेको‌ बताएका छन्।

About Author

Advertisement