‎‎‎‎‎‎‎नेदरल्याण्डको जलस्रोत व्यवस्थापनबाट विश्वले शिक्षा लिन सक्छ: प्रधानमन्त्री नरेन्द्र मोदी‎‎

afsluitdijk-dam

एम्स्टर्डम: नेदरल्याण्डको जलस्रोत व्यवस्थापनलाई विश्वका लागि शिक्षाप्रद भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसा गरेका छन्। शनिबार बिहान उनले नेदरल्याण्डको ऐतिहासिक अफ्स्लाउटडाइक परियोजनाको अवलोकन गर्दै परियोजनाका विभिन्न महत्वपूर्ण पक्षबारे जानकारी लिए।
प्रधानमन्त्रीले जलस्रोत व्यवस्थापनमा नेदरल्याण्डले अग्रणी कार्य गरेको उल्लेख गर्दै यस क्षेत्रबाट सम्पूर्ण विश्वले धेरै कुरा सिक्न सक्ने बताए। उनले यस भ्रमणका क्रममा आफूलाई साथ दिएकोमा नेदरल्याण्डका प्रधानमन्त्री राब जेटेनलाई धन्यवाद दिए।‎
प्रधानमन्त्री मोदीले भारतमा पनि आधुनिक प्रविधिको प्रयोगमार्फत सिँचाइ प्रणाली सुधार, बाढी नियन्त्रण तथा आन्तरिक जलमार्ग सञ्जाल विस्तारका लागि काम भइरहेको बताए। उनले भविष्यमा यस्ता प्राविधिक सहकार्यले भारतको जलस्रोत विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

About Author

Advertisement