गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज माङ्ले–याङयाङ पुगेर विधायक एल. बी. दास का प्रिय दाजु स्वर्गीय पदमबहादुर दासको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। मुख्यमन्त्रीले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै दुःखको यस घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्नुभयो।

यस अवसरमा उहाँले स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा अन्तरक्रिया पनि गर्नुभएको थियो। स्थानीयवासीहरूले विभिन्न क्षेत्रीय विषयमा मुख्यमन्त्रीसँग विचार आदानप्रदान गरेका थिए।










