दार्जीलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा अनि नयाँ पदाधिकारी चयन

IMG-20260725-WA0085

दिप गजमेर सभापति, विनय शंकर सचिव र सुनिल शंकर कोषाध्यक्ष निर्वाचित

दार्जिलिङ: दार्जीलिङ प्रेस गिल्डको नयाँ कार्यसमिति चयन भएको छ। सम्पन्न निर्वाचनबाट दिप गजमेर सभापतिमा, विनय शंकर सचिवमा तथा सुनिल शंकर कोषाध्यक्षमा निर्वाचित भएका छन्। नव निर्वाचित पदाधिकारीहरूलाई पत्रकार तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले पत्रकारहरूको हित संरक्षण, प्रेस स्वतन्त्रताको प्रवर्द्धन तथा दार्जीलिङ प्रेस गिल्डलाई अझ सक्रिय र सशक्त बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

निर्वाचन सम्पन्न भएसँगै दार्जीलिङ प्रेस गिल्डले नयाँ नेतृत्वको साथ आगामी कार्ययोजनाहरू अघि बढाउने जनाएको छ। शनिवार दार्जिलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा सम्पन्न भएको थियो। यसै सभामा पुरानो कमिटी विघटन गरी नयाँ कमिटी गठन गरिएको छ।

About Author

Advertisement