खरसाङमा ‘पिडाको दिन थियो’ नामक एकल म्युजिक भिडियो गीतको लोकार्पण

IMG-20260725-WA0081

खरसाङ: ‘पिडाको दिन थियो’ एकल म्युजिक भिडियो गीतको सार्वजनिक साथै मेलोडी म्युजिक खरसाङ नाम गरेर एउटा नयाँ युटुब च्यानलको पनि विधिवत शुरुवात भएको छ। शब्द बिपिन स्याङदेनको अनि म्युजिक संयोजन अनि निर्देशन महेश्वर लामाको साथै स्वर महेश सेवाको रहेको यस एकल गीतलाई बी सिंहद्वारा निर्देशित गरिएको छ भने अपूर्व लामा अनि त्रिशाला कार्कीले यस म्युजिकल भिडियोमा अभिनय गरेका छन्। उक्त गीति भिडियोलाई दार्जीलिङका प्रसिद्ध गायक पेमा लामाको बाहुलीबाट विधिवत रुपमा सार्वजनिक गरियो। यस कार्यक्रमको आयोजना खरसाङको मेलोडी म्युजिक स्टुडियोमा गरिएको थियो भने यस अवसरमा यस भिडियोसित संग्लग्न संगीत संयोजक एवं निर्देशक महेश्वर लामा, शब्दकार बिपिन स्याङदेन, गायक महेश सेवा लगायत संगीतकारहरु उपेन प्रधान, राजु सुन्दास, रुपेश रसाइली, शब्दकार-गायक अरुण गुरुङ, नमस्ते खरसाङका प्रबन्ध निर्देशक निर्मल गुरुङ आदिको उपस्थिति रहेको थियो। सर्वप्रथम प्रमुख अतिथि गायक पेमा लामाद्वारा माता सरस्वतिको मूर्ति अघि धुप द्वीप प्रज्जवलन गरियो भने उनैको बाहुलीबाट यस गीति भिडियोलाई दर्शकहरु समक्ष पनि अघि ल्याईयो। गायक पेमा लामाले विधिवत रुपमा यस गीति भिडियोको साथै मेलोडी म्युजिक खरसाङको युटुब च्यानलको पनि विधिवत उदघाटन गरिएको घोषणा गरियो। यस गीतबारे बोल्दै गीतकार बिपिन स्याङदेनले आफ्नो जीवनमा धेरै गीतहरु लेखिए पनि यो गीतले भने उनको भित्री मन छोएको र यस गीतको एउटा बेग्लै स्थान रहेको बताए। यसको साथै गायक महेश सेवाले पनि जब पहिला यो गीत मेरोमा महेश सेवा दाजुले पठायो, त्यो सुन्ने बित्तिकै मेरो आँखामा आँशु आएको भनि बताए। संगीतकार महेश्वर लामाले धेरै वर्षको आफ्नो प्रयासमा यसरी मेलोडी म्युजिक खरसाङ नाम गरेर एउटा नयाँ युटुब च्यानल खोल्न पाएको त्यो पनि यस्तो आमा विषयलाई लिएर लेखिएको मार्मिक गीतबाट गर्नु पाउँदा अति गर्वको साथै खुशी लागेको बताए। प्रमुख अतिथिको रुपमा उपस्थित गायक पेमा लामाले यो गीतले आफुलाई मनभित्रबाट छोएको भनी बताउँदै यसरी हाम्रै घर आँगनमा यसरी म्युजिकसित सम्बन्धित युटुब च्यानल खोलिन्दा धेरै खुशी लागेको किनकि यस माध्यम मार्फत हाम्रा नयाँ कलाकारहरुदेखि लिएर स्थापित कलाकारहरुद्वारा प्रस्तुत गीतहरु हामी बिस्व ब्यापी रुपमा प्रचार प्रसार गर्न सक्छौ भन्दै तिनले सबैलाई बधाई दिंदै शुभकामना पनि व्यक्त गरे।
ज्ञात रहोस् संगीतकार महेश्वर लामा स्वं एक गायक पनि हुन् भने पहाडको संगीत अनि यहाँका प्रतिभाहरुलाई प्रोत्साहन गर्न अनि एउटा ठूलो मंच प्रदान गर्ने उदेश्यले उनले यो युटुब च्यानल खोलेका हुन्।

About Author

Advertisement