तीन दिवसीय अन्तरराष्ट्रिय गुरुङ (तमु) सम्मेलन हुने

देन्ताम: आगामी ११, १२ र १३ अक्टोबरको दिन सम्पन्न हुने तीन दिवसीय अन्तरराष्ट्रिय गुरुङ (तमु) सम्मेलन विषय लिएर देन्ताम बजारमा अन्तरराष्ट्रिय गुरुङ (तमु) परिषद (आईटीसी) को देन्ताममा सभा सम्पन्न भयो। अन्तरराष्ट्रिय तमु परिषद, अखिल भारतीय गुरुङ (तमु) बौद्ध संघ र गुरुङ एसोसिएसन अफ् सिक्किमको संयुक्त तत्वावधानमा आयोजित उक्त सभाको अध्यक्षता सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङले गरेका थिए।
सभामा अन्तरराष्ट्रिय तमु परिषदका अध्यक्ष कर्ण बहादुर गुरुङ (नेपाल), प्रमुख संरक्षक आईटीसी रेशम गुरुङ (नेपाल), अखिल भारतीय गुरुङ (तमु) बौद्ध संघका अध्यक्ष आनन्द गुरुङ, गुरुङ एसोसिएसन अफ् सिक्किमका अध्यक्ष पीएम गुरुङ, मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराज, सिक्किम सरकार अन्तर्गत विभिन्न विभाग र बोर्डका अध्यक्षगण क्रमशः नवराज गुरुङ, नर्पत गुरुङ, महेन्द्र गुरुङ, जिल्ला पञ्चायत उपाध्यक्ष अशोक गुरुङ, पूर्व विधायक दिपक गुरुङ, नेपालसहित छिमेकी राज्य पश्चिम बंगालका प्रतिनिधिगण, गुरुङ समुदायको बौद्धिक व्यक्तित्व, सिक्किम सरकारका वर्तमान र सेवानिवृत्त वरिष्ठ सरकारी अधिकारीवर्ग र राज्यका ठाउँ-ठाउँबाट गुरुङ समुदायको प्रतिनिधिहरुको उपस्थिति थियो। सभामा उपस्थित धेरै प्रतिनिधिहरुले आउँदो सम्मेलनलाई सफल तुल्याउन आ-आफ्नो अभिमत प्रकट गरेका थिए।

About Author

Advertisement