काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छन्। मङ्गलबार हरितालिका तिजको पावन अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन्। हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन्। दर्शनका लागि पशुपतिनाथमा राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए।










