दार्जिलिङ: गोर्खा हाट दार्जिलिङमा “गोर्खा ग्रन्थकार अस्थायी पुस्तक पसलमा वरिष्ठ साहित्यकार नन्द हाङखिमको बाहुलीबाट डा. सुरेन्द्र चामलिङकृत ” चियाबारी जनजीवन सान्दर्भिक नेपाली खण्डकाव्यको अध्ययन’ समालोचना संग्रह पुस्तकको विधिवत लोकार्पण गरियो।
गोर्खा हाटमा भएको यस ऐतिहासिक पुस्तक लोकार्पण समारोहमा दार्जिलिङ सरकारी महाविद्यालयका डा. बिनुपा राई, प्रा. प्रकाश राई, साउथ फिल्ड महाविद्यालयका प्रा. निरज राई, समाजसेवी सन्दिप लिम्बु, लिटरेरी पब्लिकेसनका भुपाल सिंगौरी, शोधार्थी अन्जना तामाङ, सरिका थापा, अर्पण बान्तवा राईको विशेष उपस्थिति रहेको थियो। निर्देश परिमलद्वारा सञ्चालित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार नन्द हाङखिमले दार्जिलिङको ऐतिहासिक पृष्ठभूमि र दार्जिलिङमा चिया खेती सम्बन्धी महत्वपूर्ण सम्बोधन राखेका थिए।

लेखकले उपस्थित सबैलाई धन्यवाद दिँदै चियाबारी साहित्यमाथि आफ्नो धारणा व्यक्त गरे। उनले कवि साहित्यकारहरूले चियाबारीर चियाबारी जनजीवनलाई कसरी हेरेका छन्। त्यसको विस्तृत अध्ययन गरिएको जानकारी दिँदै यो खण्डकाव्यको माध्यमबाट चियाबारी जनजीवनलाई हेर्ने सानो प्रयास हो भन्दै आफ्नो धारणा व्यक्त गरे।











