दार्जिलिङ: दार्जिलिङका सांसद राजु विष्टले हिजो डाकेको बैठकमाथि अनित थापाकाे प्रतिक्रिया दिन्दै हिजोको बैठकले जीटीएको आर्थिक स्वास्थ्यमाथि स्पष्ट गरायो र वास्तवमा जीटीए ४०० करोडको लायबिलिटीमा चलिरहेको बताएका छन्। उनले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, जीटीएमा भनेजस्तो पैसा आएको छैन। निरन्तर रूपमा रकम नआएको कारणले गर्दा जीटीएले राज्य सरकारबाट अझ ४०० करोड पाउन बाँकी नै छ। सांसद अनि एमएलएहरूले यी कुराहरू बुझ्नुभयो। उहाँहरुले बुझ्नु पर्ने कुरा थियो। कारण उहाँहरु सत्ताको हुनुहुन्छ। उहाँहरुले बुझ्नु भनेको नै जीटीए को निम्ति फाइदाको कुरा हो।’
जीटीए प्रमुख अनित थापाले भने, ‘जहाँबाट भएपनि पहाडको विकास हुनुपर्छ। हिजो सांसद ज्यूले दार्जिलिङ अनि कालेबुङ जिल्लाका अधिकारीहरूसँग बसेको बैठकलाई म सकारात्मक रुपमा लिएको छु। बैठकले पहाडको विकासकै मुद्दाहरू लिएर चर्चा गरेको छ।’









