विस्थापितलाई राहत र पुनर्स्थापनाको आश्वासन
कोहिमा/नयाँ दिल्ली: केन्द्रीय मन्त्री जेपी नड्डाले नागाल्यान्डको मोन जिल्लास्थित पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी वस्तुस्थितिको समीक्षा गरेका छन्। भ्रमणका क्रममा उनले पहिरोबाट प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै शोकसन्तप्त परिवारजनसँग भेटघाट र कोन्याक युनियन कार्यालयमा विस्थापित बासिन्दाहरूसँग कुराकानी गरेका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मन्त्री नड्डाले मोन जिल्लाका बासिन्दाहरूप्रति केन्द्र सरकारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै जारी राहत तथा पुनर्स्थापना कार्यका लागि सम्भव भएसम्मको सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकार यस कठिन घडीमा नागाल्यान्ड सरकारको साथमा दृढताका साथ उभिएको उनले बताए। प्रभावित प्रत्येक परिवारले आवश्यक सबै सहयोग पाओस् भन्ने सुनिश्चित गर्न केन्द्र सरकारले प्रदेश सरकारसँग नजिकको समन्वय र पूर्ण संवेदनशीलतातका साथ काम गरिरहेको उनले उल्लेख गरेका छन्।










