रेपको बैंकद्वारा इतिहासकै उच्च १६९ करोड खुद नाफा

FB_IMG_1785956312356

गृह मन्त्रालयलाई २२.९० करोड लाभांश हस्तान्तरण

​नयाँ दिल्ली: सहकारी बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै रेपको बैंकले वित्तीय वर्ष २०२५-२६ मा १६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा बैंकको इतिहासकै अहिलेसम्मकै उच्च (रेकर्ड) रहेको छ।
​नयाँ दिल्लीस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष ई. सन्थानम, निर्देशक थङ्गराजु र प्रबन्ध निर्देशक ओ.एम. गोकुल सम्मिलित प्रतिनिधिमण्डलले केन्द्रीय गृह मन्त्री अमित शाहलाई २२.९० करोड रुपैयाँको लाभांश चेक हस्तान्तरण गरेको छ।
​गृह मन्त्रालयको तर्फबाट लाभांश चेक ग्रहण गर्दै गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत रेपको बैंक व्यवस्थापन र कर्मचारीहरूलाई बधाई ज्ञापन गरेका छन्। “वित्तीय वर्ष २०२५-२६ मा १६९ करोड खुद नाफा कमाएर सहकारी बैंकिङ क्षेत्रमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेकोमा रेपको बैंक व्यवस्थापनलाई बधाई,” गृहमन्त्री शाहले भनेका छन्, “गृह मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेको यस बैंकको सफलताले यसको व्यावसायिकता र उत्कृष्टतालाई सिद्ध गरेको छ।”
​गृह मन्त्रालय अन्तर्गत सञ्चालित रेपको बैंकले पछिल्ला वर्षहरूमा वित्तीय सूचकाङ्कहरूमा निरन्तर सुधार गर्दै लगेको छ।

About Author

Advertisement