मुख्यमन्त्री तामाङसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति
दार्जीलिङ: दार्जीलिङ गभर्नमेन्ट कलेजले आफ्नो ७८औँ स्थापना दिवस भव्यताका साथ मनाएको छ। उक्त अवसरमा आयोजित विशेष समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, पश्चिम बङ्गाल सरकारका पर्यटन मन्त्री डा. शङ्कर घोष, दार्जीलिङका विधायक निरज जिम्बा (नोमन राई) लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
समारोहमा कलेजका पूर्वविद्यार्थी विशाल लामाले विशिष्ट अतिथिको रूपमा सहभागिता जनाउँदै करिब २० वर्षपछि आफ्नै शिक्षालयमा फर्किन पाउँदा गौरव र खुसी व्यक्त गर्नुभयो। उहाँले यस शैक्षिक संस्थाबाट प्राप्त शिक्षा, संस्कार र प्रेरणाले नै आफ्नो जीवनयात्रा तथा जनसेवाको मार्गलाई सही दिशा दिएको बताउनुभयो।

कार्यक्रममा वक्ताहरूले दार्जीलिङ गभर्नमेन्ट कलेज परिवारलाई स्थापना दिवसको बधाई तथा शुभकामना व्यक्त गर्दै कलेजले भविष्यमा पनि ज्ञान, नेतृत्व, अनुशासन र सेवाभावले सम्पन्न नागरिक उत्पादन गर्दै आफ्नो गौरवशाली परम्परालाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।










