जलपाइगुडी जिल्ला स्कूलका प्रधानाध्यापक कुटपिट प्रकरण: चार जना विद्यार्थी पुलिस नियन्त्रणमा, टीसी जारी

IMG-20260913-WA0058

​जलपाइगुडी: जलपाइगुडी जिल्ला स्कूलका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनामा कोतवाली पुलिसले चार जना विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ। पुलिसले शुक्रबार एक जना र शनिबार थप तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको हो।
​पुलिस सूत्र अनुसार, नियन्त्रणमा लिइएका सबै चारै जना विद्यार्थीहरूलाई जुभेनाइल जस्टिस बोर्डमा पेश गरिनेछ। यसका साथै विद्यालय प्रशासनले आरोपी विद्यार्थीहरूलाई ट्रान्सफर सर्टिफिकेट जारी गरिदिएको जानकारी प्राप्त भएको छ।
​उल्लेखनीय छ, गत ५ सेप्टेम्बर शिक्षक दिवसको दिन जलपाइगुडी जिल्ला स्कूलमा प्रधानाध्यापक र विद्यार्थीहरूबीच विवाद उत्पन्न भएको थियो। स्थिति बिग्रिँदै जाँदा प्रधानाध्यापकमाथि कुटपिट भएको आरोप छ।
​यसैबीच शुक्रबार राज्यका विद्यालय शिक्षा मन्त्री दीपक बर्मनले जलपाइगुडी जिल्ला स्कूलको भ्रमण गरी प्रबन्ध समिति, शिक्षक र विभिन्न स्कूलका प्रधानाध्यापकहरूसँग बैठक गरेका थिए। मन्त्रीले घटनामा संलग्न विद्यार्थीहरूको पहिचान गरी उनीहरूलाई स्कूलबाट टीसी दिने निर्देश दिएका थिए। सोही निर्देशको आधारमा विद्यालयले चारै जना आरोपी विद्यार्थीहरूलाई ट्रान्सफर सर्टिफिकेट थमगाएको छ।

About Author

Advertisement