खरसाङ खण्डमा प्रार्थीहरूलाई चुनाव चिन्ह वितरण

IMG-20230620-WA0322.jpg

खरसाङ: आगामी पञ्चायत चुनावको लागि आफ्नो उम्मेद्वारिता फिर्ता लिने अन्तिम दिन थियो। आज खरसाङ खण्ड विकास कार्यालयमा सबै प्रार्थीहरू उपस्थित रहेका थिए। आज पनि विभिन्न राजनैतिक पार्टीहरूका प्रार्थीहरू र विभिन्न निर्दलीय प्रार्थीहरू पनि उपस्थित रहेका थिए। आज दिउँसो एक बजेसम्मको रिपोर्ट अनुसार खरसाङ खण्ड अन्तर्गत पर्ने पञ्चायत क्षेत्रहरूमा रहेको प्रार्थीहरू जम्मा ११ जनाले आफ्नो नामांकन पत्र फिर्ता लिएको जानकारी प्राप्त भएको छ भने यसको पूर्ण वितरण आउन बाँकी नै रहेको छ।

आज दिउँसो तीन बजेसम्म नामांकन पत्र फिर्ता लिने समय रहेको थियो भने तीन बजेपछि प्रार्थीहरूलाई चुनाव चिन्ह वितरण गर्ने कार्य शुरु गरिएको थियो। खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा रहेको पञ्चायत सदस्य सिट १२७ र पञ्चायत समितिको ३१ सिटहरूमा जम्मा कतिजना प्रार्थीहरू रहेको छ त्यसको पूर्ण विवरण समाचार लेखुञ्जेलसम्म आएको थिएन। खरसाङ खण्ड अन्तर्गत सबै ग्राम पञ्चायतको प्रार्थीहरूलाई चुनाव चिन्ह वितरण गरिएको छ। अर्कोतिर खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा पहाड़को सत्तामा रहेको भागोप्रमोको प्रार्थीहरू जम्मा २२ जना निर्विरोध रहेको भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले जानकारी गराएका छन्। उनले दिएको जानकारी अनुसार खरसाङ गिध्द पहाड़ समष्टिबाट एकजना पञ्चायत सदस्य र एकजना पञ्चायत समितिमा निर्विरोध रहेका छन् भने सुकना पानीघट्टा समष्टीबाट दुईजना पञ्चायत सदस्यहरू निर्विरोध रहेका छन्।

प्रधानले जानकारी गराए अनुसार खरसाङ खण्ड अन्तर्गत टुंग सन्त मेरिज समष्टिबाट ५ जना पञ्चायत सदस्यहरू निर्विरोध रहेका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिबाट दुईजना सदस्याहरू र एकजना पञ्चायत समितिमा निर्विरोध रहेका छन् भने सिटोङ लाठपञ्जार समष्टीबाट चारजना प्रार्थीहरू निर्विरोध रहेको जानकारी गराएका छन् ।

About Author

Advertisement