खरसाङमा हर तिरंगा ऱ्याली कार्यक्रम सम्पन्न

82c7c8a9-42f1-43a6-a61b-8383f60bc195

यसपाली बंगालमा पनि राष्ट्रवादी सरकार आएकोले पहाडमा पनि उत्साहपूर्ण माहोल छ: विधायक सोनाम लामा

खरसाङ: खरसाङमा हर तिरंगा कार्यक्रम तिरंगा ऱ्यालीको साथमा आयोजना गरिएको छ। हर तिरंगाा ऱ्याली आयोजक समिति खरसाङको आयोजनामा सम्पन्न उक्त तिरंगा ऱ्याली खरसाङको टुरिस्ट लजबाट शुरु भएर हिल‌ कार्ट रोड हुँदै अस्पताल मोड अनि वर्ध्दमान रोड भएर मोटर स्ट्याण्डसम्म पुगेर समापन भएको थियो‌। मोटर स्ट्याण्डमा आएर राष्ट्रिय गीत बन्दे मातरम् गाएर तिरंगा ऱ्यालीको समापन गरिएको थियो। उक्त तिरंगा ऱ्यालीमा प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। उक्त तिरंगा ऱ्यालीमा स्थानीयहरु र भारतीय जनता पार्टीको प्रतिनिधिहरु उत्साहपूर्ण रुपमा उपस्थित रहेका थिए। मानिसहरु सबैले हातमा तिरंगा झण्डा हातमा
लिएर देशभक्ति र देश स्वतन्त्रताको उत्सव मनाएका थिए। मानिसहरुले ‘भारत माताकी जय’ जस्ता नाराहरु लगाएका थिए। उक्त हर घर तिरंगा ऱ्यालीपछि पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङका विधायक सोनाम लामाले खरसाङको आयोजित तिरंगा ऱ्यालीमा मानिसहरुले खुलेर सहभागिता जनाएको र यसपाली बंगालमा पनि राष्ट्रवादी सरकार आएकोले पहाडमा पनि उत्साहपूर्ण माहोल छ भनी बताएका छन्। उनले भने, ‘यसपाली गोर्खाहरुले पनि वास्तवमा नै स्वाधीनता पाएको जस्तो खुल्ला रुपमा बोल्न पाईरहेका छन् र खुल्ला रुपमा ब्विरोध गर्न पनि पाईरहेका छन्। उनले अहिले पहाडमा पनि गणतन्त्र आएको छ र गोर्खाहरुले पनि वास्तवमा नै स्वाधीनता पाएको अनुभव गरेका छन् भनी बताएका छन्। यस तिरंगा ऱ्याली कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै तिरंगा ऱ्याली कार्यक्रम आयोजज समितिको सदस्य चन्दन प्रसादले खरसाङमा हर तिरंगा ऱ्याली कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको र यसले देशभक्तिको उदाहरण प्रस्तुत गरिएको बताएका छन्।

About Author

Advertisement