होम अप्लायन्सेसमा २०% छुट र एक्सचेन्ज बोनसको घोषणा
काेलकाता: टाटा समूहको भारतकै अग्रणी ओम्नी-च्यानल इलेक्ट्रोनिक्स रिटेलर क्रोमाले आफ्नो ‘स्वतन्त्रता दिवस सेल’ को घोषणा गरेको छ। यस अफर अन्तर्गत होम अप्लायन्सेस, कन्ज्युमर इलेक्ट्रोनिक्स र प्रविधिजन्य उत्पादनहरूको विस्तृत रेन्जमा आकर्षक छुट तथा सुविधाहरू उपलब्ध गराइनेछ। ग्राहकहरूले टाटा न्यू रिवार्ड्स, बैंक क्यासब्याक, एक्सचेन्ज बेनिफिट्स र बोनस मार्फत थप बचत गर्न सक्नेछन्।
घरका उपकरणहरू अपग्रेड गर्न चाहनेहरूका लागि यो सेल उत्कृष्ट अवसर बन्नेछ। टेलिभिजन, रेफ्रिजरेटर, एअर कन्डिसनर, वासिङ मेसिन, किचेन अप्लायन्सेस, होम अडियो, एअर प्युरीफायर र भ्याकुम क्लिनरजस्ता दैनिक प्रयोगका सामानमा फ्याट २०% सम्मको बचत गर्न सकिनेछ। यस सेलमा सामसङ ७५ इन्च नियो क्युएलईडी ८के टेलिभिजनमा ६०% सम्मको भारी छुट दिइएको छ भने ५५” सम्मका कुनै पनि
टेलिभिजन खरिद गर्दा एलजी साउन्डबार एस४०टी मात्र रु. १०,९९० मा प्राप्त हुनेछ। त्यसैगरी ८ केजी टप लोड वासिङ मेसिन रु. २१,७०० बाट र ४३६ लिटर फ्रस्ट-फ्री रेफ्रिजरेटर रु. ४३,७९० बाट सुरु हुने मूल्यमा उपलब्ध छन्।
क्रेडिट कार्ड प्रयोगकर्ताका लागि क्रोमाले विशेष सुविधा ल्याएको छ। रु-पे क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा जुनसुकै बैंकको कार्डमा पनि तत्काल छुट पाइनेछ, जसमा फुल स्वाइपमा रु. ५,००० को खरिदमा रु. २५० र ईएमआईमा रु. २०,००० को खरिदमा रु. १,२५० बाट छुट सुरु हुनेछ। टाटा न्यू क्रेडिट कार्ड प्रयोग गर्दा ५% सम्म अतिरिक्त न्युकोइन्स समेत प्राप्त गर्न सकिनेछ।
विद्यार्थीहरूका लागि विन्डोज ल्यापटपमा १०% सम्म छुटको व्यवस्था गरिएको छ। यस्तै म्याकबुक एयर एम५ प्रतिमहिना रु. ५,६२१ र आइप्याड ११औँ जेन प्रति महिना रु. १,९३९ को किस्तामा उपलब्ध हुनेछ। Snapdragon ल्यापटपमा रु. ८,००० सम्मको एक्सचेन्ज बोनस र केही चुनिंदा ल्यापटपमा रु. ३२,००० मूल्यको एआई चस्मा नि:शुल्क पाइनेछ।
यस्तै, स्मार्टफोनतर्फ भिभो एक्स३००एफई रु. ५१,८०० बाट, गुगल पिक्सेल १० रु. ६७,९९९ बाट र आईफोन 17 Pro रु. ७५,९०० बाट सुरु हुने मूल्यमा खरिद गर्न सकिनेछ। केही चुनिंदा फोनहरूको खरिदमा रु. ५,९९० मूल्यको सोनी हेडफोन र रु. ८,८०० मूल्यको अमेरिकन टुरिस्टार कोलोराडो ब्याग नि:शुल्क उपलब्ध गराइनेछ।









