खरसाङ: भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा खरसाङ महकुमा समितिका अध्यक्ष प्रणाम रसाईलीकोे अगुवाईमा केन्द्रीय समिति तथा टाउन कमिटीका सदस्यगणकोे उपस्थितिमा खरसाङ महकुमा क्षेत्रबाट गरिएकाे एसआईआरमा नाम काटिने तथा अधीन विचाराधीन रहेका मानिसहरुकोे नाम पुनः भोटर लिस्टमा नाम दर्ता गरिदिन साथै राशन कार्डबाट नामहरु काटिएको विषयमा खरसाङको महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छन्। उक्त टोलीले महकुमा शासकसँग भेट गरी वार्तामार्फत लिखित ज्ञापन सुम्पेका छन्। जसमा महकुमा शासकले कोर्टमा बिॐएविचाराधीन रहेको छ भनी जानकारी दिइन्।
ज्ञापन सुम्पेपछि महकुमा शासकको कार्यलय परिसरबाट निस्केर खरसाङ महकुमा समितिका अध्यक्ष प्रणाम रसाईलीले सर्वप्रथम पश्चिम बंगालका मुख्मन्त्री तथा लोकसभा सांसद राजु विष्टलाई मिडियामार्फत जुन प्रकारले जंगल महल, सुन्दर वन अनि हाम्रो दुईवटा जिला दार्जीलिंग अनि कालेबुङ उब्जनसील क्षेत्र भएको ध्यान राखेर पुरानै प्रक्रियामा रासेन उपलब्ध गराइदिन हेतु पहल गरिदिएकोमा भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाकोे तर्फबाट धन्यवाद दिँदै विशेष रूपमा पहाड़कोे जनसाधारणलाई निर्वाचन तालिकामा नाम काटे पश्चात धेरै असुविधा भईरहेको पनि जानकारी दिएका छन्। उनले यथाशीघ्र सांसद राजु विष्ट अनि डबल इन्जिनकोे भाजपा सरकारले उच्च स्तरमा समाधानकाे निम्ति पहल गरी दिन आशा अनि विश्वास व्यक्त गरेका छन्।

यो जनहितकोे निम्ति गरिएको कार्यक्रममा केन्द्रिय समिति सदस्य समीर दीप ब्लोन, पूर्व सभासद श्याम शेर्पा, महकुमा समिति सचिव भक्तिमान तामाङ, महकुमा नारी शक्ति सदस्यमा यानकी लामा, अञ्जना प्रधान, टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, कोषाध्यक्ष राजेन प्रधान, नारी शक्ति अध्यक्ष देवकी सुब्बा प्रधान, २८ नम्बर समष्टि नारी शक्ति अध्यक्षा सुषमा मुखिया, पेम्बा रिम्पोर्छे लगायत अन्य कार्यकारिणी सदस्यगण उपस्थित थिए।










