भागोप्रमो महकुमा सभापति र पूर्व सभासदसहित ३०० जना भाजपामा सामेल

photocollage_202672122351989

राशन कार्डबाट कसैको नाम काटिन्दैन: सञ्जीव लामा

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति एंव पञ्चायत समिति सदस्य सुमन बम्जन, सोनादा पचेङ समष्टिको पूर्व सभासद महेन्द्र प्रधान लगायत सोनादा पचेङ समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र अन्य पार्टीबाट ३०० जना आधिकारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भएका छन्‌। सुमन बम्जन र पूर्व सभासद महेन्द्र प्रधान लगायत सबैलाई भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको विशेष उपस्थितिमा भारतीय जनता पार्टीमा सामेल गराइएको छ। सोनादामा सम्पन्न एक समर्थन कार्यक्रममा सबैलाई भारतीय जनता पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरिएको छ‌। यस समर्थन कार्यक्रमलाई देवेन्द्र कार्कीले सञ्चालन गरेका थिए। यस समर्थन कार्यक्रममा भाजपा सोनादा मण्डलको सभापति मिना थापा, मण्डल सचिव भूपति सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस समर्थन कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले बङ्गालमा बंगला भाषा अनिवार्य गरे पनि नेपाली बाहुल क्षेत्र विशेष जीटीए क्षेत्रमा नेपाली भाषालाई नै सरकारले प्राथमिकता दिएको जानकारी गराएका छन्। उनले सोनादामा पत्रकारहरुलाई सम्बोधन गर्दै लामाले भने, सरकारले नेपाली भाषा प्रयोग गर्ने नोटिफिकेसन जारी गरेको छ। सरकारी तौरमा आधिकारिक रूपमा मातृ भाषा नेपाली नै प्रयोग गर्न सकिने बताइएको छ‌। यस विषयमा सांसद राजु विष्टले पहल गरिसकेको छ।’
सञ्जीव लामाले राशन कार्डबाट नामहरु काटिएको विषयमा बोल्दै भने, राशन कार्डबाट नामहरु काटिएको भन्ने केवल भ्रामक प्रचार प्रसार मात्र हो तर कसैको पनि नाम काटिन्दैन।‌ सरकारको कुनै पनि नोटिफिकेसन आउँदा डराउनु पर्दैन। यो सरकार जनताको सरकार हो। आत्तिनु पर्दैन। राशन कार्डबाट कसैको पनि नाम काटिन्दैन। यस विषयमा भ्रामक प्रचार प्रसारमा ध्यान नदिने तर आधिकारिक र सही समाचारमाथि विश्वास गर्ने जनताप्रति निवेदन गर्दछु।’

About Author

Advertisement