अभिषेक बनर्जीविरुद्ध अर्को एफआईआरर दर्ता

b8ea35b5-c443-429c-8ac4-b36c8d17df78

‘२०३१ मा बदला लिने र भाजपा कार्यालय बाँकी नराख्ने’ धम्कीपछि चुलियो कानुनी सङ्कट

काेलकाता: ​पश्चिम बंगालमा तृणमूल काङ्ग्रेस (टीएमसी) का राष्ट्रिय महासचिव तथा डायमन्ड हार्बरका सांसद अभिषेक बनर्जीको कानुनी अड्चन झन् चुलिँदै गएको छ। मिडियासँग कुराकानी गर्ने क्रममा भारतीय जनता पार्टी (भाजपा) लाई धम्की दिएको र सन् २०३१ मा ब्याजसहित बदला लिने बयान दिएको आरोपमा उनीविरुद्ध प्रहरीले नयाँ एफआईआर (FIR) दर्ता गरेको छ।
​समाचार अनुसार, बनर्जीले भविष्यमा सरकार परिवर्तन भएपछि पश्चिम बंगालमा कुनै पनि भाजपाको पार्टी कार्यालय बाँकी नरहने र २०३१ मा सबै कुराको हिसाब-किताब चुक्ता गरिने बताएका थिए। यस बयानपछि राजनीतिक हलचल तीव्र बनेको छ।
​यसअघि चुनाव प्रचारका क्रममा गरिएका विभिन्न विवादित टिप्पणी र धम्कीहरूलाई लिएर उनीविरुद्ध विधाननगर साइबर क्राइम पुलिस स्टेसनसहित अन्य थानाहरूमा ८ वटा एफआईआर दर्ता भइसकेका छन्। अभिषेक बनर्जीले यी सबै मामिलामा गिरफ्तारी वा कुनै पनि दण्डात्मक कारबाहीबाट राहत पाउन कलकत्ता उच्च अदालतमा निवेदन दिएका थिए, तर अदालतले उक्त राहत दिन अस्वीकार गरिसकेको छ। यस मामिलामा अदालतमा आगामी सुनुवाइ जुलाई ३० का लागि तय गरिएको छ।

About Author

Advertisement