दार्जिलिङका विकासका विविध विषयमा मन्त्री विशाल लामासँग बैठक सम्पन्न

c6c73360-fea0-439f-8c41-e69617940130

दार्जिलिङ: दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष सञ्जीव लामाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कोलकातास्थित मन्त्री निवासमा गृह तथा हिल अफेयर्स एवं अल्पसंख्यक मामिला मन्त्री विशाल लामासँग शिष्टाचार भेट गरी दार्जिलिङ पहाडका विभिन्न विकास योजनाबारे विस्तृत छलफल गरेको छ। उक्त प्रतिनिधि मण्डलमा खरसाङका विधायक सोनाम लामा, कालेबुङका विधायक भरतकुमार छेत्री, जिल्ला महासचिव सोङ्देन लेप्चा, जिल्ला सचिव तथा प्रवक्ता निरज थापा, जिल्ला प्रवक्ता सकल देवान, मिडिया प्रभारी योवन गुरुङ तथा स्टडी फोरम कन्भनोर राहुल अमूल्य प्रधान लगायतको उपस्थिति रहेको थियो। लगभग तीन घण्टासम्म चलेको बैठकमा दार्जिलिङ पहाडका विकासका प्राथमिकता, पूर्वाधार विस्तार, जनसरोकारका विविध विषय, वर्तमान सामाजिक अवस्था तथा समग्र समृद्धिका सम्भावनाबारे गहन छलफल गरिएको थियो। साथै, केवल भाषणमा सीमित नभई भौतिक रूपमा देखिने विकासलाई तीव्रता दिने उद्देश्यका साथ विभिन्न योजनाहरूको कार्यान्वयनबारे पनि सकारात्मक विचार-विमर्श भएको छ।
प्रतिनिधि मण्डलले पहाडी क्षेत्रका जनसमस्याहरू, जातीय हित तथा जनकल्याणसँग सम्बन्धित विषयहरू लिएर आगामी दिनमा राज्य सरकारका अन्य सम्बन्धित मन्त्रीहरूसँग पनि चरणबद्ध रूपमा बैठक गर्दै विकासका योजनाहरूलाई अघि बढाउने निर्णय गरेको जनाएको छ। बैठक अत्यन्तै फलदायी भएको उल्लेख गर्दै जिल्ला अध्यक्ष सञ्जीव लामाले यस प्रकारको समन्वय र संवादले दार्जिलिङ पहाडको विकास यात्रालाई थप सकारात्मक दिशा प्रदान गर्ने तथा जनताको सुख, समृद्धि र समुन्नतिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement