२० जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा सिंगतोम युनाइटेड फूटबल क्लबले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्टेडियममा मंगलवार खेलिएको दिनको दोस्रो म्याचमा सिंगतोम युनाइटेड फूटबल क्लबले फ्रिमल भिलेज फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। ग्रुप ई-को यस म्याचमा विजेता टीमबाट प्रथम मुखिया र निशान्त गुरुङले १-१ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।











