उपराष्ट्रपतिले २२ जूनमा जम्मू-कश्मीरको भ्रमण गर्ने

00-1-Jagdeep-Dhankar-Vice-President-of-India

नयाँ दिल्ली: उपराष्ट्रपति जगदीप धनखड़ आगामी २२ जूनका दिन केन्द्रशासित प्रदेश जम्मू-कश्मीरको भ्रमणमा जानेछन्। उपराष्ट्रपति भएपछि यो उनको पहिलो जम्मू-कश्मीर भ्रमण हो। उपराष्ट्रपति सचिवालयले मंगलबार जानकारी गराएअनुसार उपराष्ट्रपति धनखड़ बिहीबार आयोजना भइरहेको जम्मू विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित हुनेछन्। त्यसपछि उनी आफ्नी पत्नी डा. सुदेश धनखड़सित माता वैष्णो देवीको दर्शन गर्न जानेछन्। -हिस   

About Author

Advertisement