३ फरवरीः अर्जेण्टिनाका स्टार फूटबलर लियोनल मेस्सीले २०२६-मा हुने आउँदो वर्ल्ड कप खेल्न नसक्ने बताए पनि उनी लियोनल स्कालोनीलाई त्यस समयसम्म राष्ट्रिय टीमका मुख्य प्रशिक्षकको रूपमा हेर्न चाहन्छन्। अर्जेण्टिनाले मेस्सीकै कप्तानीमा गत वर्ष दिसम्बरमा कतरमा फीफा वर्ल्ड कपको खिताब जितेको थियो। आउँदो वर्ल्ड कप २०२६-मा अमेरिका, मेक्सिको र कनाडाको संयुक्त आयोजनमा हुनेछ अनि त्यस समयसम्म मेस्सी ३९ वर्षका हुनेछन्। मेस्सीले बताएअनुसार, त्यस उमेरमा अझ एउटा वर्ल्ड कप खेल्नु मुश्किल हुनेछ। उनले भने, मलाई फूटबल खेल्नु मन पर्छ। अहिले त म फिट छु अनि खेलको मजा लिइरहेको छु तर अहिले वर्ल्ड कप निक्कै टाढ़ो छ। त्यस समयसम्म परिस्थिति के-कस्तो हुनेछ भन्ने बिचार्नु पर्नेछ। अहिले मेस्सीको लक्ष्य आउँदो साल कोपा अमेरिका टुर्नामेण्टमा खिताब बचाउनु रहेको छ। वर्ल्ड कपपछि अर्जेण्टिनाई फूटबल महासंघले प्रशिक्षक स्कालोनीसँग अनुबन्धलाई बढ़ाएको छ। मेस्सी स्वयं पनि आउँदो वर्ल्ड कपसम्म स्कालोनीलाई नै मुख्य प्रशिक्षकको पदमा देख्न चाहन्छन्। मेस्सीले भने, उनी टीमको निम्ति महत्त्वपूर्ण व्यक्ति हुन्। उनलाई पदमा कायम राख्नु जरूरी छ।