महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को निम्ति १००० भन्दा अधिक खेलाड़ीहरू लिलामीमा ओर्लिने

IMG-20230203-WA0007.jpg

३ फरवरीः महिला प्रीमियर लीग (डब्ल्यूपीए) टी२० लीगको निम्ति लिलामीको तयारी शुरु भइसकेको छ। सूत्रबाट थाहालागे अनुसार, डब्ल्यूपीएल २०२३-को निम्ति हुने लिलामीमा हिस्सा लिन १००० भन्दा अधिक खेलाड़ीहरूले आफ्नो नाम पञ्जीकरण गराएकी छन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को ऐतिहासिक कदमलाई अप्रत्याशित लाभ प्राप्त हुन थालेको यस आँकड़ाले स्पष्ट गरेको छ। बीसीसीआई-ले फरवरीको दोस्रो हप्तामा लिलामीको आयोजन गर्न सक्छ। यसबारे आधिकारिक घोषणा चाँड़ै गरिनेछ। बीसीसीआई सूत्रबाट थाहालागे अनुसार, डब्ल्यूपीएल-मा क्रिकेटरहरूले निक्कै रूची देखाएकी छन्। लिलामीको निम्ति नाम पञ्जीकरण गराउनेहरूमा भारतीयहरूका साथमा धेरैजना अन्तर्राष्ट्रिय खेलाड़ीहरू पनि सामेल छिन्। उल्लेखनीय छ, लिलामीमा केवल ९९ जना खेलाड़ीको बिक्री हुनेछ। प्रत्येक रेजिस्टर्ड टीमलाई अधिकतम् १८ जना खेलाड़ी राख्ने अनुमति रहेको छ। डब्ल्यूपीएल-को पहिलो सीजनको निम्ति २५ जनवरीमा टीमहरूका बिक्री भएको थियो।

About Author

Advertisement