हार्डवेयर पसलमा आगलागी, लाखौंको क्षति

IMG-20230203-WA0008.jpg

सिलगढी: सिलगढीको डन बोस्को मोड क्षेत्रको एक हार्डवेयर स्टोरमा शुक्रबार बिहान आगलागी भएको छ। पसलबाट धुवाँ निस्किएको देखेपछि पसलका मालिकले दमकललाई खबर गरेका थिए। घटनास्थलमा दुईवटा गाडीमा दमकल पुगेर निकै प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट पसलमा राखिएको सम्पूर्ण सामान जलेर खरानी भएको छ।

About Author

Advertisement