विण्टर कपः बादल एफसी र अर्किड सेभेन प्री-क्वार्टर फाइनलमा

CollageMaker_20232313343606.jpg

३ फरवरीः ब्ल्याक हर्स फूटबल क्लब (रोहिनी)- को तत्त्वावधानमा आयोजित विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बादल एफसी र अर्किड सेभेनले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। ए.जे. फूटबल ग्राउण्डमा खेलिने पहिलो म्याचमा बादल एफसी-ले चैतेपानी एफसी-लाई ५-३ पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा खरसाङको अर्किड सेभेनले नयाँकमान स्पोर्टिंग क्लबलाई २-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ६ र ७ फरवरीमा खेलिनेछ। यसरी नै फाइनल १२ फरवरीमा हुनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement