४९औं जुनियर नेसनल ब्याडमिन्टन च्याम्पियनसिपका लागि चार राज्यका खेलाडी टोली एनजेपी आइपुगे

FB_IMG_1794588848791

​सिलगढी: गान्तोकको पाल्जोर स्टेडियममा आगामी १४ देखि २१ नोभेम्बरसम्म आयोजना हुन गइरहेको ४९औं जुनियर नेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नागाल्याण्ड, उत्तर प्रदेश, महाराष्ट्र र आन्ध्र प्रदेशका खेलाडी टोलीहरू आज न्यु जलपाइगुडी (एनजेपी) रेलवे स्टेसन आइपुगेका छन्।
​स्टेसनमा आयोजक प्रबन्धन समितिका सदस्यहरू तथा एसएनटी, सिलगढीका अधिकारीहरूले खेलाडीहरूलाई परम्परागत सिक्किमेली खादा ओढाएर न्यानो स्वागत जनाए। एनजेपीमा केहीबेरको विश्रामपश्चात् सबै टोलीहरू प्रतियोगितामा भाग लिन गान्तोकतर्फ प्रस्थान गरेका छन्।
​एक सातासम्म चल्ने यस राष्ट्रिय स्तरको खेलकुद महाकुम्भको पूर्वसन्ध्यामा बाहिरी राज्यका टोलीहरूको आगमनले सिक्किममा खेलकुदको रौनक सुरु भएको सङ्केत गरेको छ।
​देशभरका युवा ब्याडमिन्टन प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा आफ्नो कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित यस च्याम्पियनसिपको भव्य उद्घाटन समारोह भोलि गान्तोकस्थित पाल्जोर स्टेडियममा सम्पन्न हुनेछ।

About Author

Advertisement