टिस्टा फेस्ट अन्तर्गत खरसाङमा राईजिङ स्टार गायनको अडिशन

91682802-19b7-4a98-9207-cfc06d4d1e72

खरसाङ: दार्जिलिङ पुलिसको आयोजनामा हुने टिस्टा फेस्ट अन्तर्गत शुक्रबार खरसाङमा राईजिङ स्टारको अडिशन सम्पन्न भएको छ। खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न राईजुङ स्टारको अडिशन खरसाङ पुलिस थाना अन्तर्गत पर्ने स्थानहरका युवा कलाकारहरुलाई लिएर उक्त अडिशन सम्पन्न भएको छ। राईजिङ स्टारको यस अडिशनमा निर्णायकको रुपमा संगीतकारहरु क्रमशः विकाससिंह लोहार, महेश्वर लामा र रुपेस रसाइली उपस्थित रहेका थिए। यस राईजिङ स्टारको अडिशन खरसाङमा शुक्रबार १३ र शनिवार १४ नोभेम्बरमा आयोजना गरिने र खरसाङबाट चयन भएका केवल दुईजनालाई दार्जिलिङ पठाइने जानकारी प्राप्त भएको छ। यसको साथै टिस्टा फेस्ट अन्तर्गत नै खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा फुटबल म्याचहरु आयोजना भईरहेको छ। यही टिस्टा फेस्ट अन्तर्गत खरसाङमा आयोजना भईरहेको राईजिङ स्टारको अडिशन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ हरदीपले दार्जिलिङ पुलिस र प्रशासनको आयोजनामा दार्जिलिङमा टिस्टा फेस्टको आयोजना गरिएको छ र यसको मुख्य उद्देश्य पहाडका युवाहरुलाई उनीहरुको ट्यालेन्ट अनुसार मञ्च प्रदान गर्नु र पुलिस अनि जनतामाझको सम्बन्धलाई अझ प्रगाढ बनाउनु रहेको बताएका छन्‌‌। उनले यस अन्तर्गत १३ र १४ नोभेम्बरमा राईजिङ स्टार गायनको अडिशन सम्पन्न भएको बताए। यस राईजिङ स्टारको अडिशन विषयमा एकजना निर्णायक एंवबसंगीतकार रुपेस रसाइलीले विस्तृत जानकारी गराएका छन्।

About Author

Advertisement