सामाजिक कार्यमा युवाहरुलाई सक्रिय बनाउने उद्देश्यले युवा विंग गठन

c2a70f1c-ffda-4b47-9057-1f29dee25b6b

खरसाङ: खरसाङको डाउहिल सुनौलो परिवार समितिको निर्देशन अनुसार समितिको युवा विंग गठन गरिएको छ। युवा विंग गठनको क्रममा हालसम्म ४८ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको छ भने आगामी दिनहरूमा यो संख्या अझै बढ्दै जाने अपेक्षा गरिएको छ। सन् १९८७ मा स्थापना भएको डाउहिल सुनौलो परिवार समितिमा हाल लगभग २०० घर-परिवारको सहभागिता रहेको छ। समितिमा आबद्ध युवा पुस्ताको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै युवाहरूलाई संगठित गरी सामाजिक कार्यमा सक्रिय बनाउने उद्देश्यले युवा विंग गठन गरिएको हो। युवा विंग गठन गर्नुको मुख्य उद्देश्य युवाहरूलाई सामाजिक कार्यमा अग्रसर गराउनु, समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्वबोध गराउनु तथा विभिन्न क्षेत्रमा सही मार्गदर्शन प्रदान गर्दै सकारात्मक र रचनात्मक कार्यतर्फ अघि बढाउनु रहेको छ।
यस युवा विंगमा अध्यक्ष सागर थापा, उपाध्यक्ष ऋषि राई र भूपेन कुमार प्रधान, सचिव यशवन्त सिंह, संयुक्त सचिव सुजन गुरुङ र दीपिका प्रधान
साथै युवा विंगमा आबद्ध सम्पूर्ण सदस्यहरूलाई कार्यसमिति सदस्यका रूपमा समावेश गरिएको छ। युवा पुस्ताको सक्रिय सहभागिता, एकता र सहकार्यले डाउहिल सुनौलो परिवार समितिलाई अझ सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। आगामी दिनहरूमा अझ धेरै युवाहरू यस अभियानमा जोडिने र सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

About Author

Advertisement