कोलकातामा प्याटन वेस्ट बिन वितरण अभियानको भव्य उद्घाटन

IMG-20260917-WA0069

​कोलकाता: पश्चिम बङ्गाल सरकारको नगर विकास तथा नगर मामिला विभागको पहलमा कोलकाताको नज्रुल मञ्च (रवीन्द्र सरोवर) मा ‘प्याटन वेस्ट बिन वितरण अभियान’ को भव्य उद्घाटन सम्पन्न भएको छ।
​शहरलाई सफा, सुन्दर र वातावरणमैत्री बनाउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा पश्चिम बङ्गाल सरकारका नगर विकास तथा नगर मामिला मन्त्री माननीय श्रीमती अग्निमित्रा पोल मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
​यस अवसरमा कोलकाता महानगर विकास प्राधिकरण (केएमडिए) का मुख्य कार्यकारी अधिकृत श्री नितिन सिङ्घानिया (आइएएस) तथा केएमडिएका सचिव श्री रवि प्रकाश मीना (आइएएस) को पनि विशेष उपस्थिति रहेको थियो।
​कार्यक्रममा प्याटन ग्रुपका प्रबन्ध निर्देशक श्री सञ्जय बुधिया र ‘क्यारिङ माइन्ड्स इन्टरनेसनल’ की संस्थापक एवं मनोचिकित्सक डा. मिनु बुधियाको उपस्थितिमा यो सरसफाइ अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने संकल्प गरियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अग्निमित्रा पालले फोहर व्यवस्थापन र वातावरणीय स्वच्छतामा जनसहभागिताको महत्त्वमाथि जोड दिनुभयो। प्याटन ग्रुपको यस सामाजिक पहलको सराहना गर्दै उहाँले सफा र स्वस्थ शहर निर्माण गर्न वेस्ट बिन वितरण अभियानले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

About Author

Advertisement