कोलकाता: पश्चिम बङ्गाल सरकारको नगर विकास तथा नगर मामिला विभागको पहलमा कोलकाताको नज्रुल मञ्च (रवीन्द्र सरोवर) मा ‘प्याटन वेस्ट बिन वितरण अभियान’ को भव्य उद्घाटन सम्पन्न भएको छ।
शहरलाई सफा, सुन्दर र वातावरणमैत्री बनाउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा पश्चिम बङ्गाल सरकारका नगर विकास तथा नगर मामिला मन्त्री माननीय श्रीमती अग्निमित्रा पोल मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
यस अवसरमा कोलकाता महानगर विकास प्राधिकरण (केएमडिए) का मुख्य कार्यकारी अधिकृत श्री नितिन सिङ्घानिया (आइएएस) तथा केएमडिएका सचिव श्री रवि प्रकाश मीना (आइएएस) को पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा प्याटन ग्रुपका प्रबन्ध निर्देशक श्री सञ्जय बुधिया र ‘क्यारिङ माइन्ड्स इन्टरनेसनल’ की संस्थापक एवं मनोचिकित्सक डा. मिनु बुधियाको उपस्थितिमा यो सरसफाइ अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने संकल्प गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अग्निमित्रा पालले फोहर व्यवस्थापन र वातावरणीय स्वच्छतामा जनसहभागिताको महत्त्वमाथि जोड दिनुभयो। प्याटन ग्रुपको यस सामाजिक पहलको सराहना गर्दै उहाँले सफा र स्वस्थ शहर निर्माण गर्न वेस्ट बिन वितरण अभियानले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।





