दूध बिक्रीमा प्रतिव्यक्ति २ लिटरको सीमा निर्धारण गर्दै सिक्किम मिल्क युनियन, बजारमा अनुगमन तीव्र पारिने

680614b2e7f73-sikkim-214933802-16x9

गान्तोक: बजारमा दूधको माग ह्वात्तै बढेपछि उत्पन्न आपूर्ति संकटलाई सम्बोधन गर्न द सिक्किम कोअपरेटिभ मिल्क प्रोड्युसर्स युनियन लिमिटेड (एससीएमयू) ले ताजा दूधको बिक्रीमा प्रतिव्यक्ति अधिकतम २ लिटरको सीमा (क्यापिङ) निर्धारण गरेको छ।
​मिल्क युनियनले आफ्ना दर्ता भई सञ्चालनमा रहेका दूध बिक्री एजेन्सीहरूमाझ व्यापक अनुगमन तथा निरीक्षण अभियान सञ्चालन गर्ने जनाएको छ। बजारमा माग र आपूर्तिबीचको सन्तुलन मिलाउन तथा कालाबजारी रोक्नका लागि यो कदम चालिएको युनियनले स्पष्ट पारेको छ।
​युनियनका अनुसार बढेको मागका कारण उपभोक्ताहरूले सहजरूपमा दूध पाउन सकून् भन्ने उद्देश्यले निश्चित परिमाण तोकिएको हो। एजेन्सीहरूले तोकिएको मापदण्ड पालना गरे/नगरेको सुनिश्चित गर्न बजार निरीक्षणलाई तीव्रता दिइने बताइएको छ।

About Author

Advertisement