कृष्णाष्टमीका अवसरमा तादोङमा भव्य कलश यात्रा सम्पन्न

Screenshot_20260903_190230_Facebook

गान्तोक: श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर तादोङ दुर्गा मन्दिर जन्माष्टमी समितिले बिहीबार गान्तोकमा भव्य कलश यात्राको आयोजना गरेको छ।
​धार्मिक झाँकीसहितको उक्त शोभायात्रा गान्तोकस्थित ठाकुरबारी मन्दिरबाट सुरु भई तादोङ दुर्गा मन्दिर पुगेर समापन भएको थियो। शोभायात्रामा ठूलो संख्यामा भक्तजन तथा आयोजकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
​जन्माष्टमीको उत्सव शुक्रबार पनि जारी रहनेछ। मन्दिर परिसरमा २४ घण्टे अखण्ड हवन, विशेष पूजाअर्चना तथा धार्मिक कार्यक्रमहरू आयोजना गरिने समितिले जनाएको छ।

About Author

Advertisement