सिक्किम राज्य मानवअधिकार आयोगकी अध्यक्ष जस्टिस मीनाक्षी मदन राईद्वारा लोक भवनमा राज्यपालसँग शिष्टाचार भेटघाट

FB_IMG_1788362075464

​गान्तोक: पटना उच्च अदालतकी पूर्व मुख्य न्यायाधीश तथा हाल सिक्किम राज्य मानवअधिकार आयोगकी अध्यक्ष जस्टिस मीनाक्षी मदन राईले लोक भवन पुगेर राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेटघाट गरेकी छन्।
​हालै मानवअधिकार आयोगको पदभार ग्रहण गरेपश्चात् भएको यस भेटघाटका क्रममा अध्यक्ष राईले आयोगको हालसम्मका कामकारबाही, भावी कार्ययोजना तथा आयोगका गतिविधिहरूबारे विस्तृत रूपमा जानकारी गराएकी छन्। भेटघाटको वातावरण सकारात्मक र सौहार्दपूर्ण रहेको थियो।

About Author

Advertisement