गान्तोक: पटना उच्च अदालतकी पूर्व मुख्य न्यायाधीश तथा हाल सिक्किम राज्य मानवअधिकार आयोगकी अध्यक्ष जस्टिस मीनाक्षी मदन राईले लोक भवन पुगेर राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेटघाट गरेकी छन्।
हालै मानवअधिकार आयोगको पदभार ग्रहण गरेपश्चात् भएको यस भेटघाटका क्रममा अध्यक्ष राईले आयोगको हालसम्मका कामकारबाही, भावी कार्ययोजना तथा आयोगका गतिविधिहरूबारे विस्तृत रूपमा जानकारी गराएकी छन्। भेटघाटको वातावरण सकारात्मक र सौहार्दपूर्ण रहेको थियो।





