शिलांग: मेघालयका मुख्यमन्त्री कनरार्ड के. संगमाले पिए संगमा स्पोर्ट्स कम्प्लेक्समा पुगेर जनप्रिय नेता स्व. पूर्णो ए. संगमाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
स्व. संगमाको ७९ औँ जन्मजयन्ती तथा नेशनल पिपुल्स पार्टी (एनपीपी) को १४ औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
सो अवसरमा मुख्यमन्त्री संगमाले स्वर्गीय नेताको आदर्श, दूरदृष्टि र ज्ञानप्रति नमन गर्दै उहाँका सिद्धान्तहरूले सदैव जनताको सेवा र भलाइका काममा प्रेरणा तथा मार्गदर्शन प्रदान गरिरहने बताएका छन्। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।





