नाम्ची-सिङ्गीथाङ क्षेत्रमा एसजीएवाई योजनाअन्तर्गत निर्माण गरिएका नयाँ घरहरूको भव्य उद्घाटन तथा हस्तान्तरण

FB_IMG_1788340867227

नाम्ची: नाम्ची-सिङ्गीथाङ (११-समष्टि) अन्तर्गतका चार विपन्न परिवारलाई आज सिक्किम गरिब आवास योजना अन्तर्गत निर्मित नयाँ घरहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नाम्चीका खण्ड विकास अधिकारी तथा कार्यकारी मेजिस्ट्रेटको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मंगलबार (१ सेप्टेम्बर) एक विशेष कार्यक्रमबीच ती आवासहरूको उद्घाटन गरिएको हो।
​यसरी नयाँ घर प्राप्त गर्ने लाभार्थीहरूमा ३४-बुमटार-साल्लेबोङ जिपियुअन्तर्गत तल्लो साल्लेबोङ वार्डका सागर तामाङ र रोशन कामी, तथा ३२-मनिराम-फलिदारा जिपियुअन्तर्गत आले वार्डका आइता मान तामाङ र भञ्ज्याङ वार्डका कुल मान तामाङ रहेका छन्।

​क्षेत्रीय विधायक सतिश चन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्ष टासी दोर्जी तामाङ, विधायकका ओएसडी एस.जे. लेप्चा, नाम्चीका बीडीओ उपेन्द्र राई, सहायक अभियन्ता निलेश राई, एसजीएवाईका कनिष्ठ अभियन्ता सुमिरन रामुदामु र पञ्चायत निरीक्षक प्रतिभा राईका साथै सम्बन्धित पञ्चायत अध्यक्ष एवम् वार्ड पञ्चायतहरूको उपस्थिति रहेको थियो।
​सबै आवश्यक भौतिक सुविधा र फर्निचरसहित तयार पारिएका घरहरू हस्तान्तरण गर्दै विधायक सतिश चन्द्र राईले लाभार्थी परिवारहरूलाई बधाई ज्ञापन गरे। सो क्रममा लाभार्थीहरूले विपन्न वर्गको जीवनस्तर उकास्न र सम्मानजनक आवास उपलब्ध गराउन अहम् भूमिका खेलेको भन्दै राज्य सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) प्रति हार्दिक आभार प्रकट गरेका छन्।

​सिक्किम सरकारको प्राथमिकतामा रहेको यो योजनाले आर्थिक रूपमा कमजोर परिवारहरूलाई आधुनिक र सुविधायुक्त आवास प्रदान गरी उनीहरूको जीवनस्तर सुदृढ बनाउने लक्ष्य राखेको छ।

About Author

Advertisement