पश्चिम बंगालको आतिथ्य र पर्यटन क्षेत्रको विकासका लागि नबान्नमा छलफल

ef42ef4a-3634-431d-a4b1-f515f4244663

कोलकाता: पश्चिम बंगालको आतिथ्य (हस्पिटालिटी) तथा पर्यटन क्षेत्रलाई सुदृढ बनाउन र लगानीका नयाँ अवसर सिर्जना गर्ने विषयमा राज्य सरकार र व्यवसायीहरूबीच उच्चस्तरीय छलफल भएको छ।
​बंगाल एसोसिएसन अफ होटल्स एन्ड रेस्टुरेन्ट्स (बीएएचआर) को प्रतिनिधिमण्डलले पश्चिम बंगालकी मुख्यमन्त्रीका मुख्य सल्लाहकार डा. सुब्रत गुप्तसँग नबान्नस्थित उहाँको कार्यालयमा भेटघाट गरी फलदायी छलफल गरेको हो।
​प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुग्नुभएका सुबोर्नो बोसले भेटका क्रममा राज्यको पर्यटन र हस्पिटालिटी क्षेत्रलाई थप बलियो बनाउने, नयाँ लगानी आकर्षित गर्ने तथा रोजगारीका अवसरहरू अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी भएको जानकारी दिनुभयो।
​भेटपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै बोसले डा. गुप्तको मार्गदर्शन, अमूल्य समय र प्रोत्साहनका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।
उक्त भेटघाटमा इन्टरनेसनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) का प्रतिनिधिहरूसहित गौरभ सोनेजा, रजनीश कुमार, मोलोय दत्ता र श्रीन्जय सेनको समेत उपस्थिति रहेको थियो।

About Author

Advertisement