नयाँ दिल्ली: भारतीय फूटबल टोलीले सेप्टेम्बर-अक्टोबरमा पनामा, ब्राजील र उरुग्वे जस्ता विश्व फूटबलका दिग्गज टोलीहरू विरुद्ध म्याच खेल्ने मौका पाउनेछ। भारतका पूर्व कप्तान तथा देशका महान फरवर्डहरूमा सामेल सुनिल छेत्री पनि यी म्याचहरूलाई लिएर उत्साहित छन्। यसबीच वर्तमान खेलाड़ीहरूलाई प्राप्त हुने यस अवसरलाई देखेर उनको मनमा खुशीको साथमा सामान्य पछुतो पनि रहेको छ। सुनिलले ठट्टा गर्दै उनलाई वर्तमान पीढ़ीका खेलाड़ीहरूसँग सामान्य ईर्ष्या भइरहेको स्वीकार गरे कारण उनले आफ्नो लामो अन्तर्राष्ट्रिय करियरमा कहिले पनि ब्राजील या उरुग्वे जस्ता टोलीहरूको सामना गर्ने अवसर पाएनन्। अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिइसकेको हुनाले अब उनी एकजना प्रशंसकको रूपमा भारतीय टोलीको म्याच हेर्न उत्सुक छन्। सुनिलले भने, एकजना दर्शकको रूपमा मलाई सामान्य ईर्ष्या त हुन्छ। आफ्नो २४-२६ सालको पेशादार करियर अनि लगभग २० सालको राष्ट्रिय टोलीसँग यात्राको अवधि मैले कहिले यस्तो मौका पाइनँ। लामो समयसम्म भारतीय टोलीको कप्तानी गर्ने सुनिलले यी म्याचहरूको खबर सुनेर उनलाई आफ्नो पुरानो दिनहरू याद आउने बताए। यसको साथमा उनले वर्तमान खेलाड़ीहरूलाई यस ठूलो अवसरको दबाउ नलिएर आफ्नो क्षमता अनुसार प्रदर्शन गर्ने सस्लाह दिएका छन्। उल्लेखनीय छ, भारतले सर्वप्रथम २६ सेप्टेम्बरमा पनामाविरुद्ध बेंगलुरुमा म्याच खेल्नेछ। त्यसपछि ३ अक्टोबरमा ५ पल्टको विश्व च्याम्पियन ब्राजील र ६ अक्टोबरमा उरुग्वेविरुद्ध म्याच खेल्नेछ। ब्राजील र उरुग्वेविरुद्ध २ वटा म्याच कलकत्ताको सल्ट लेक स्टेडियममा खेलिनेछ।
सुनिल छेत्रीले यी तीनवटा म्याचको अवधि भारतीय खेलाड़ीहरू फिट रहने अनि पूरा ऊर्जाको साथ मैदानमा ओर्लिने आशा व्यक्त गरे। उनले युवा खेलाड़ीहरूलाई विरोधी टोलीको प्रतिष्ठाले प्रभावित नभएर आफ्नो खेलमा ध्यान दिने सल्लाह दिए। यस्ता ठूलो म्याचहरूले खेलाड़ीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता परख गर्ने महत्त्वपूर्ण मौका दिने सुनिलले बताए। उनले भने, टोलीमा धेरै प्रतिभाशाली युवा खेलाड़ीहरू छन्। सबैलाई मौका प्राप्त हुनेछ। मलाई पनि लगभग २० साल अघि पहिलोपल्ट मौका प्राप्त भएको थियो। यी म्याचहरूले युवा खेलाड़ीहरूलाई सिक्ने अवसर प्रदान गर्नेछ। भारतीय टोलीमा केही खेलाड़ीहरूका चयन र केही नामहरूलाई बाहिर राख्ने प्रश्नहरूमाथि सुनिलले प्रशिक्षक र सहयोगी स्टाफहरूको समर्थन गरे। उनले भने, टोलीको आवश्यकता र रणनीतिलाई सबैभन्दा राम्ररी प्रशिक्षकले बुझ्छन्। यसैकारण यसको उत्तर पनि उनले नै दिन सक्छन्। एकजना प्रशंसकको रूपमा म प्रशिक्षक अनि सहयोगी स्टाफहरूलाई समर्थन गर्छु। हालै मैदानमा फर्किएर अभ्यास शुरु गर्ने सुनिलले राष्ट्रिय टोलीमा फर्किने सम्भावनाहरूलाई ठट्टा गर्दै खारेज गरे। उनले आफ्नो फिटनेसबारे भने, मैले केवल २० मिनट अभ्यास गरेको छु। म लगभग ४२ सालको भइसकेको छु। ठीकसँग दौड़िन सक्दिनँ अनि धेरै मुश्किल भइरहेको छ। राष्ट्रिय टोलीबाट टाढ़ा भए पनि उनले वर्तमान खेलाड़ीहरूमाथि भरोसा व्यक्त गरेका छन्।





