हार्दिक बधाई तथा शुभकामना

IMG-20260830-WA0058

गोरुबथान: गोरुबथान सोमबारे बजार निवासी श्री बब्रु वहन राणा तथा श्रीमती मीरा राणाको एकमात्र सुपुत्र श्री विनायक राणाले यस वर्ष युजीसी नेट परीक्षा पीएचडीको लागि योग्यता हासिल गरेका छन्।
उनले आफ्नो प्राथमिक शिक्षा सोमबारे बजार गोरुबथानमा स्थित रोजमेरी बोर्डिङ स्कूलबाट शुरु गरेका थिए।यसै गरी डोनबसको ओदलाबारीबाट उनले आईसीएसई परीक्षा उत्तीर्ण गरे।उच्च शिक्षाको निम्ति उनी सिलगढी डोनबसकिबाट आईएससी परीक्षा उत्तीर्ण गरे।त्यसपछि उनले सेलेसियन कलेज सिलगढीमा भर्ना लिए औ सोही कलेजबाट स्नातक र विश्वभारती शान्तिनिकेतन कोलकाताबाट स्नातकोत्तर पूरा गरे।
सानैदेखि उनी एक मेघावी विद्यार्थी थिए।माता र पिता दुवै शिक्षण पेशासित संलग्न हुनाले पनि उनी शिक्षा सित सम्बन्धित परिवारमा हुर्कन पाए। उनको यो सफलता विद्यार्थीहरुको लागि प्रेरणाको स्रोत बन्न सक्छ।यस सफलताको निम्ति उनलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

About Author

Advertisement