ब्यूनस आयर्स: अर्जेण्टिनाका स्टार मीडफिल्डर लिएण्ड्रो परेडेस विश्व कप फाइनलपछि भएको विवादले गर्दा प्राप्त भएको १० वटा म्याचको प्रतिबन्धसँग खुशी छैनन्। फिफाको अनुशासन समितिले स्पेनविरुद्ध भएको फाइनलपछि भएको विवादमा उनको भूमिकाको निम्ति परेडेसमाथि १० वटा म्याचको प्रतिबन्ध लगाएको छ। यसपाली परेडेसले यस शास्तीलाई लिएर आफ्नो असन्तुष्टि व्यक्त गर्दै यसलाई जरूरीभन्दा अधिक बताएका छन्। स्पेनले फाइनलमा अर्जेण्टिनालाई १-०-ले पराजित गरी फिफा विश्व कपको खिताब जितेको थियो। फेरान टोरेसले अतिरिक्त समयको खेलमा गोल गरी स्पेनलाई विश्व विजेता बनाएका थिए। फाइनल समाप्त भएपछि मैदानमा दुई टोलीका खेलाड़ीहरूबीच विवाद र झगड़ा भएको थियो। त्यही घटनालाई केन्द्र गरेर फिफाले धेरैजना खेलाड़ी र अधिकारीहरू विरुद्ध कार्वाही गरेको थियो। अर्जेण्टिनाई क्लब बोका जूनियर्सबाट म्याच खेलेपछि परेडेसले १० वटा म्याचको प्रतिबन्धलाई अतिरिक्त बताए। यसको साथमा उनले अर्जेण्टिना फूटबल संघले यस फसेलाविरुद्ध अपील गर्न सक्ने पनि संकेत दिए। परेडेसले भने, यो अतिशतोक्तिपूर्ण लाग्छ। अचम्भको कुरा के छ भने गावीमाथि केवल एउटा म्याचको प्रतिबन्ध लगाइयो जबकि उनले नै मेरो छात्तीमा घुस्सीले हिर्काएका थिए तर फसेला भइसकेको छ। हामीले शास्तीविरुद्ध अपील गर्नु पर्नेछ। यी कुराहरूलाई बुझ्ने व्यक्तिहरूले शास्तीलाई कम्ती गर्न सकिन्छ या सकिँँदैन भन्ने हेर्नेछन्। मलाई त यो अत्याधिक नै लाग्यो अनि मेरो विचारमा यसलाई कम्ती गर्न सकिन्छ। परेडेसले विशेषगरी स्पेनका युवा खेलाड़ी गावीलाई दिइएको शास्तीमाथि प्रश्न उठाएका छन्। फिफाले गावीमाथि एउटा म्याचको निलम्बन र ३० हजार अमेरिकी डलरको जरिमाना लगाएको छ। यसरी परेडेसमाथि १० वटा म्याचको निलम्बन अनि ९० हजार अमेरिकी डलरको जरिमाना लगाइएको छ। अर्जेण्टिनाका अन्य एकजना खेलाड़ी नाहुएल मोलिनामाथि पनि ७ वटा म्याचको निलम्बन र ९० हजार रुपियाँको जरिमाना थोपिएको छ। यसरी थियागो अलमाडालाई एउटा म्याचको निलम्बन र ३० हजार अमेरिकी डलरको जरिमाना प्राप्त भएको छ। अर्जेण्टिना टोलीका अधिकारी रोबर्टो अयालामाथि पनि ३ वटा म्याचको निलम्बन र ३० हजार अमेरिकी डलरको जरिमाना लगाइएको छ।
फिफाले अर्जेण्टिना फूटबल संघ (एएफए)-माथि पनि ३,२१,००० अमेरिकी डलरको जरिमाना लगाएको छ। यो कार्वाही भेदभाव, नस्लीय दुर्व्यवहार, टोलीको अनुशासनको उल्लंघन र स्टेडियममा सुरक्षा एवम् व्यवस्था सुनिश्चित गर्न विफल रहेको धेरै नियमहरूको उल्लंघनको निम्ति गरिएको छ। यसको साथमा अर्जेण्टिनालाई आफ्नो अघिल्लो दुईवटा घरेलु म्याच ५० प्रतिशत दर्शक क्षमताको साथ खेल्ने आदेश दिइएको छ। फिफाले बताएअनुसार, सम्बन्धित पक्षहरूलाई बिहीवार फसेलाको जानकारी दिइएको छ अनि उनीहरूसँग फसेलाको विस्तृत कारण माग्नको निम्ति १० दिनको समय रहेको छ। त्यसपछि फिफा अनुशासन संहिताको अनुच्छेद ६१ अन्तर्गत यी फसेलाहरू विरुद्ध अपील गर्न सकिनेछ। परेडेसमाथि लगाइएको १० वटा म्याचको प्रतिबन्ध अर्जेण्टिनाई राष्ट्रिय टोलीको आउँदो म्याचहरूमा लागू हुनेछ।





