आसनसोलमा पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण शिविर सम्पन्न

5c9ea8cf-cef3-4c1e-873a-eb8d40b38a8a

बीजेपी नेत्री तथा विधायक अग्निमित्रा पलकाे सहभागीता

आसनसोल: भारतीय जनता पार्टी (बीजेपी) आसनसोल सांगठनिक जिल्लाको आयोजनामा ‘पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण शिविर’ सम्पन्न भएको छ।
​उक्त प्रशिक्षण शिविरमा आसनसोल क्षेत्रकी बीजेपी नेत्री तथा विधायक अग्निमित्रा पलले सहभागी भई कार्यकर्ताहरूलाई सम्बोधन गर्नुभएको छ।
​प्रशिक्षण कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै नेत्री पलले आसनसोल सांगठनिक जिल्लाद्वारा आयोजित पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण शिविरमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो।
​प्रशिक्षणका क्रममा पार्टीको विचारधारा, सांगठनिक विस्तार तथा भावी कार्यदिशाका विषयमा छलफल भएको जनाइएको छ। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

About Author

Advertisement