खरसाङ (२९ अगस्त): भविष्यमा हामी चुनाउ जित्नेछौं र फेरि सत्तामा आउनेछौं भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर खरसाङमा सम्पन्न सांगठनिक सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं पूर्व जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले यो सभा पार्टीको आगामी दिनको रोड म्याप तयार पार्नलाई रहेको बताएका छन्। उनले संगठनको तागत भिन्नै हुन्छ भन्दै आगामी दिनमा हुने चुनाव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै जित्ने दावी गरेका छन्। यस पार्टीमा नयाँ युग आउन जरुरी थियो र त्यो सम्भव पनि भयो भनी बताएका छन्। उनले भने, ‘हामीले सत्ता छोडिदिएका हौं र हामी फेरि सत्तामा आउनेछौं।’
पार्टी अध्यक्ष अनित थापाले यसपालीको चुनावमा परिणाम फ्लु जस्तै आएको थियो र यसले धेरैलाई भेट्यो तर अहिले चुपचाप छ भनी बताए। अनि थापाले भने, राजनीतिमा गुनासो हुन्छ तर हामीले ढाँटेर भोट मागेनौँ। तर पहाडको विकास र समृद्धिको लागि भोट मागेका थियौं। जीटीए चुनावमा पञ्चायतीराज फर्काउने वाचा गरेका थियौं त्यो सम्भव पनि गराएर देखायौँ। त्यसको साथै जीटीएमा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर पनि देखायौं। अहिले गोर्खाल्याण्डको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए छोडेको हो। हामी जे भए पनि चुनावमा जानेछौँ।’
उनले अघि भने, अहिले केन्द्र र राज्यमा डबल इञ्जिनको सरकार छ। अब गोर्खाको लागि चाहिने कुरा दिन्छ होला। भाजपाले दिन्छु भनेको छ। तर माग्नेहरुले ठीकसितले माग्नुपर्छ। किनभने माग्नेहरुले ठीकसितले माग्नु सकेको छैन। सक्दैन भने हामीलाई छोडिदिन्दा हुन्छ। हामी जातिको कुरा गरेर भड्काउने बानी छैन। हामी गोर्खाल्याण्डको लागि कटिबद्ध छौँ।’
थापाले अघि भने, ९ सेप्टेम्बरमा देख्नेछ भागोप्रमो कति छ भनेर। त्यस दिन धेरैजना फर्केर आउनेछ।’
अनिता थापाले ९ सेप्टेम्बरमा खरसाङको मन्टिभियट खेल मैदानमा हुने स्थापना दिवसको लागि खरसाङ बजारमा युवा शक्तिलाई ७ र ८ सेप्टेम्बरको दिन व्यापक रूपमा पार्टीको झण्डा लगाउने निर्देशन दिएका छन्।उनले भने, ‘यतिविघ्न कानुनहरु आउँदैछ जसले गर्दा नागरिकहरुलाई धेरै असुविधा हुनसक्छ। भविष्यमा लेवर कोर्ड आएपछि चियाबारी श्रमिकहरुको अवकाशप्राप्त भएपछि घर छोड्नुपर्छ। नत्र पीएफ र ग्राजुएटी पाउनु मुश्किल हुनसक्छ।’
उनले पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, हामी मायालाग्दो भएर बस्नु हुँदैन। तर नयाँ जोशको साथमा काम गर्नुपर्छ। भाजपा र सांसद राजु विष्टले गरिदिएको हो तर यताबाट माग्नेहरुले सठीक रुपमा बोल्न नसकेको हो। अब भागोप्रमो पार्टी के हो पहाडलाई देखाउनुपर्छ। हामीलाई पहिला पनि विधायक र सांसद चुनाउ हारेको नै हो तर सरकार परिवर्तन भएपछि ढलपल हुँदो रहेछ। अब हामी हाम्रो जाति र माटोको लागि काम गर्नुपर्छ। अब ९ सेप्टेम्बरदेखि पार्टी कार्यकर्ताहरुमा नयाँ जोश र जाँगर आउनेछ।’





