अशारिका फाउण्डेसनद्वारा जिनत पामर छात्रवृत्ति प्रदान

IMG-20260823-WA0067

सोनादा: अशारिका फाउण्डेसनले जेहेन्दार तर आर्थिक रूपमा विपन्न विद्यार्थीको उच्च शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले ‘जिनत पामर छात्रवृत्ति शुभारम्भ गरेको छ।
यस वर्षको छात्रवृत्तिका लागि रंगबुल फाटक निवासी शिवम् कुमार गुप्तालाई छनोट गरिएको छ। उनी एक मेहनती तथा जेहेन्दार विद्यार्थी हुन्, जसले एचएससी घूम उच्चत्तर माध्यमिक विद्यालयबाट बिज्ञानको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन्। हाल उनी सिलगढी कमर्स कलेजमा स्नातक तहमा अध्ययनरत छन्। उनको उच्च शिक्षालाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले १०,००० (दश हजार रुपियाँ) छात्रवृत्ति प्रदान गरिएको छ। आशा छ, यस सहयोगबाट उनले कलेजका लागि आवश्यक पुस्तक, शैक्षिक सामग्री तथा अन्य अध्ययनसम्बन्धी आवश्यकताहरू पूरा गर्न केही सहजता प्राप्त गर्नेछ।शिक्षामा गरिएको सहयोग नै उज्ज्वल भविष्य निर्माणको आधार हो।अशारिका फाउन्डेसन परिवार श्री शिवम् कुमार गुप्ताको उज्ज्वल शैक्षिक भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछ।

About Author

Advertisement